
राष्ट्रिय प्रजातन्त्र पार्टीका कावासोती नगरपालिका १६ का वडाध्यक्ष सुमन भट्टको घर तथा वडा कार्यालयमा आगजनी भएको छ । उनको घरमा भएको आगजनीको राप्रपाले भर्त्सना गरेको छ ।

यसैगरी, राप्रपाका गाकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष सन्तोष अर्याललाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रवक्ता मोहन श्रेष्ठले भर्त्सना गरेका छन् । श्रेष्ठका अनुसार उनी काँग्रेस परित्याग गरेर केही समयअघि राप्रपामा लागेका हुन् ।
बिज्ञापन



