पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग पराजित

जिम्बावे ‘ए’ सँगको  पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ‘ए’ले २६ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

बिज्ञापन

जिम्बावे ‘ए’ को जीतमा निर्दोष काइयाले ४८ रन बनाए । त्यस्तै, चेपाश झुवाओले ३२, ब्राड इभान्सले १७ र रोय काइयाले १४ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९, दिपेन्द्रसिंह ऐरीले १८ बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले एक्लै ४ र भिक्टर न्याउची, ब्रेन्डन मभुता, चेपाश झुवाओले २–२ विकेट लिए ।

सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ।

यसअघि भएको टी–२० सिरिज भने बराबरी भएको थियो ।