
रौतहट । रौतहटको गढीमाईमा झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।

यस्तै गढीमाई नगरपालिका ६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी समेत भएको जनाइएको छ । यस्तै रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन



