काठमाडौं। सरकारले महिला र पुरुष दुवैको बिहे गर्ने उमेर घटाउने तयारी थालेको छ।

हाल २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी)ले बिहे गर्ने उमेर २० बाट घटाएर १८ बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको जानकारी दिए।

उनले बिहे गर्ने उमेर २० वर्ष राख्दा अपराध बढेको, बाल विवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउन प्रक्रिया अघि बढेको बताए।

उनले भने, ‘१६ वर्षमा नागरिकता पाइन्छ। १८ वर्षमा मतदान गर्न पाइन्छ। बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन। बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन। बरू यसले अपराध बनाउने काम भइरहेको छ। त्यसैले यसमा पुनरावलोकन गर्नुपर्ने हुन्छ। मन्त्रालयले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।’

प्रकाशित मिति: बुधबार, असार १, २०७९