सुनको मूल्य बढ्यो : यहाँ तोकिन्छ मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो ।

बिज्ञापन