नेकपा एसको केन्द्रीय कमिटि बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादीको चौथौ केन्द्रीय कमिटिको बैठक सुरू भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक सुरू भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, पार्टीको मन्त्री फेरवदल गर्ने निर्णय लगायतका समसायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा अहिले पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

बिज्ञापन