आगामी निर्वाचनमा गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएको छ । जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका हुन् ।

नेपालमा समाजवाद चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताएका हुन् ।

बिज्ञापन

पटक–पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेपछि कांग्रेससँग गठबन्धन गर्नु परेको भन्दै उनले कसैलाई मन परे वा नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको बताए ।

उनले अगाडी भने यदि वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए अरुलाई मिसाउनुपर्ने थिएन । तर हामीले सकेनौं ।’