कपिलवस्तुमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देही । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा मोटरसाइकल दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक वडा नं. २ का २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका २७ वर्षीय गोपाल विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

रुखमा ठोक्किएर गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।