
क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धि निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् । तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ ।

ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलोम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट विरामी भएका छन् । मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



