
झापा । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले ४ वटा क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ मा भने अहिलेसम्म उम्मेदवार तय गरेको छैन ।

झापा-३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रुपमा सिफारिस भएका छन् । प्रदेश ‘क’ मा नवराज पनेरु र राजकुमार राई तथा ‘ख’ मा रामकुमार राजवंशी र जीवन पनेरुको नाम सिफारिस गरिएको छ ।



यस्तै झापा-१ मा रमेश दहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा कल्याण खड्का र ‘ख’ मा सबिना बजगाईंको नाम सर्वसम्मत सिफारिस भएको छ ।

भने झापा २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा शंकर रिजाल, दीपक मास्के र रन्जु प्याकुरेल तथा ‘ख’ मा राजकुमार चौहान र लोकेश भट्टराई सिफारिस भएका छन् ।
झापा ४ मा भने छोरी प्रतिनिधिसभामा र बुबा प्रदेश सभाका लागि सिफारिस भएका छन् । पूर्वमोडेल खुस्बु ओली प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुँदा उनका बुबा श्याम ओली प्रदेश (ख) मा सर्वसम्मत सिफारिस भएका छन् ।