
काठमाडौं । विभिन्न ऐनलाई संशोधन गर्नका लागि प्रतिनिधि सभामा पेश भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा ११ वटा संशोधन दर्ता भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले मङ्गलवारको बैठकमा ११ वटा एकल तथा संयुक्त संशोधन दर्ता भएको जानकारी गराए ।



११ संशोधनकर्तामध्ये नेकपा एमालेका सांसद शेरबहादुर तामाङले अहिले आफ्नो संशोधनबारे बैठकमा आफ्नो धारणा राखिरहेका छन् ।

तामाङले संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिनु अघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले उक्त विधेयकलाई सदनमा दफावार छलफलका पेश गरेका थिए ।
दफावार छलफलका लागि पेश भएको विधेयक बहुमतले पारित भएको थियो ।
तामाङले विधेयकमा राखिएको संसद्को कार्यकाल बढाउने सम्बन्धी प्रस्ताव हटाउन माग गरेका छन् । तामाङपछि नेकपा एमालेका सांसद गोकुल बास्कोटा, विशाल भट्टराईले भाग लिने कार्यसूची रहेको छ ।