प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।  मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो।

भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । आजै लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।