पिएसजीलाई १४औं फ्रन्च कपको उपाधि

एजेन्सी । फ्रेन्च कप नकआउट फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मेन पिएसजीले जितेको छ । बिहिवार बिहान सम्पन्र खेलमा पिएसजीले मोनाकोलाई २-० गोल अन्तरले हराउँदै १४औं पटक उपाधि उचालेको हो ।

स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पिएसजीलाई जिताउन इकाडी, किलिएन एम्बाप्पेले समान १-१ गोल गरे । पहिलोे हाफ र दोस्रो हाफमा १/१ गोल गरेको पिएसजीका लागि खेलको २०औं मिनेटमा इकाडीको गोलबाट पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको पिएसजीको लागि दास्रो हाफको खेलको ८२औं मिनेटमा एम्बाप्पले गोल गरि  पिएसजीको २-० गोलको सहज जित पक्का गरे । उक्त जित सँगै पिएसजीले सर्वाधिक धेरै १४औ पटक जितेको छ । यता पराजित मोनाकोको भने ६औं पटक उपाधि उचाल्ने सपना अधुरैं रह्यो ।

बिज्ञापन

यसअघि पिएसजीले सेमिफाइनलमा मोन्टपेलियरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै यता मोनाकोले भने दोस्रो डिभिजनको क्लब रुम्ली भालियर्सलाई गर्दै उपाधि नजिक पुगेको थियो ।