
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तीन दिन चितवनमै बिताउने भएका छन् । गत शनिवार बेलुका चितवन गएका प्रचण्ड मंगलबार मात्रै काठमाडौं फर्किने कार्यतालिका रहेको माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले बताए । अब प्रचण्ड तीन आफ्नो चुनाव क्षेत्रका कार्यक्रममा व्यस्त हुने अधिकारीले बताए ।
‘हामीले तीन पार्टी प्रवेश, प्रशिक्षण, भेला लगायत चुनाव केन्द्रीत कार्यक्रम राखेका छौं’ अधिकारीले भने,‘सिएम सबै कार्यक्रम सकेर मंगलबार मात्रै फर्किने कार्यक्रम छ ।’ चुनावको मिति नजिकिन थालेसँगै प्रचण्डको पछिल्लो समय चितवन आउने जाने क्रम बाक्लो हुन थालेको छ ।