
काठमाण्डौ । नेपाली लेगस्पिनर सन्दिप लामिछाने किर्तिमानी मुल्यमा बर्मिङघम फोनिक्ससंग अनुबन्धीत भएका छन् । ईङल्याण्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सन्दिप किर्तिमानी १ लाख पाउण्ड मुल्यमा अनुबन्धीत भएका हुन् ।

सन्दिपले पाएको १ करोड ४६ लाख नेपाली रुपैया हालसम्मकै सर्बाधिक उच्च रकम हो । उनलाई सो क्लबले दोस्रो राउण्डमै टिममा राखेको थियो । सन् २०२० को जुलाई १७ देखी अगष्ट १६ सम्म चल्ने प्रतियोगितामा ८ टोलीले डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । सन्दिप रहेको टोलीमा मोईन अली, क्रिस वोग्स, साकिब अल हसन, निकोलस पुरन लगायतका खेलाडी रहेका छन् ।



हिजै उनलाई युएईमा हुने टी–१० क्रिकेटका लागि कर्नाटका टुसकेर्सले पनि टोलीमा अनुबन्धीत गरेको थियो । सो क्लबले सन्दिपलाई पहिलो राउण्डमै टोलीमा राखेको हो । नोभेम्बर १५ बाट सुरु हुने टि–१० लिगमा सन्दिपले ४५ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । उनको टोलीको आईकोनिक खेलाडी हासिम अम्ला रहेका छन् ।
