एजेन्सी ।  नग्न तस्वीर सार्वजनिक भएर हंगामा मच्चिएपछि एक अमेरिकी सांसदले पदबाट राजीनामा दिएकी छन् ।

अमेरिकाको क्यालिफोर्नियाबाट अमेरिकी संसदमा निर्वाचित २३ वर्षीया बाइसे क्सुअल सांसद केटी हिलले आफ्नो नग्न तस्विर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएकी हुन् । केटीले सामाजिक सञ्जाल ट्वीटरमा राजीनामा पत्र सार्वजनिकसमेत गरेकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केटीमाथि एक सांसदसँग अन्तरंग सम्बन्ध राखेको तथा एक महिला स्टाफसँग पनि सेक्सुअल रिलेशन राखेको आरोप छ । उनीमाथि अमेरिकी संसदको इथिक्स कमिटिले छानविन गरिरहेको छ ।

समाचारअनुसार केटीले महिला स्टाफसँग सेक्सुअल रिलेशन बनाएको स्वीकार गरेकी छन् । २०१८ मा सांसद निर्वाचित केटी र उनका श्रीमानबीच सम्बन्धबिच्छेदको मुद्दा चलिरहेको छ