
बिराटनगर । बैदेशिक रोजगार ठगि आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।साविक भद्रपुर न.पा – ७ हाल कनकाई न.पा – ८ बस्ने शान्तिराम सरकारको छोरा सपन भन्ने खकन सरकार परेका हुन् ।निज सरकारले गौरादह नगरपालिका वार्ड नम्बर -२ बस्ने सभालाल तजपुरियालाई माल्दिभ्स पठाईदिन्छु भनी दुई लाख अठहत्तर हजार रुपैयाँ लिएर फरार भएका थिए ।




निज सरकारले गत फागुनमा माल्दीभ्स उडाईदिन्छु भनी काठमाडौं बोलाएको र नक्कली टिकट र भिजा दिई एयरपोर्टबाट फरार भएको ताजपुरियाले ओमकार टाइम्सलाई जानकारी गराए ।आफू ठगिएको थाहा पाएपछि ताजपुरियाले श्रम कार्यालय बिराटनगरमा वैदेशिक रोजगार ठगीमा मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले ब्यापक खोजी गरेको थाहा पाएपछि निज सरकार गत आईतवार (हिजो)ईलाका प्रहरी कार्यालय अनारमनीको सम्पर्कमा आएका थिए ।उनलाई आईतवार श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेमप्रसाद संजेलकोमा उपस्थित गराईएको थियो । संजेलकोमा उपस्थित भएका सरकारले आफुलाई छोड्नको लागि बारम्बार आग्रह गरिरहेका थिए ।बारम्बारको आग्रहलाई संजेलले बेवास्ता गरेपछि सरकारले संजेललाई दबाब दिन कसैसंग फोनमा कुरा गर्दिन अनुरोध गरेका थिए । रिसले आगो भएका संजेलले `यस्तो अबस्थामा म मेरो बाउको फोन त उठाउदिन ´ भन्दै हप्काएको श्रोतले बतायो ।आफ्नो छुट्ने सबै प्रयास असफल भएपछि लुरुक्क परेका सरकारलाई तत्काल हिरासतमा पठाईएको थियो ।