गौरादहमा ऐतिहासिक महोत्सव हुँदै, आइतबार महा सोभा यात्रा

झापा । झापाको गौरादहमा हुन लागेको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवमा पाथिभरा, लुम्बिनी क्षेत्र र मुक्तिनाथलाई एकै ठाँउमा समेटिएको छ । महोत्सवलाई बृहत बनाउन आयोजकले पुरानो अवधारणलाई चिर्न यस्तो गरेका हुन् ।आयोजकले नेपालकै प्रसिद्ध मठमन्दिरलाई एकै ठाँउमा अटाएका छन् ।

झापाको गौरादहमा मंसिर ८ देखि १६ गतेसम्म हुने आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ गौरादह भक्तजनले ताप्लेजुङको पाथिभरा देवीको दर्शन यहि गर्न सकिने बताइएको छ । त्यसैगरी महोत्सव स्थलमा ‘मिनी लुम्बिनी’ समेत बनाइएको छ ।

बिज्ञापन

मुक्तिनाथको प्रतिक स्वरुप १०८ धारा पनि व्यवस्था गरिदैछ ।

हिन्दुहरुका आराध्यदेव भगवान पशुपति मन्दिर परिसरमा गरिदै आएको महाआरती प्रत्येक दिन ५ बजेदेखि ६:३० मा राखिएको जनाइएको छ । विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुती ६:३० देखि ७:३० को समयमा प्रस्तुति गर्ने तयारी गरिएको छ ।

गौरादहमै एक नौलो कार्यक्रम हुन लागेकाले पनि स्थानीयहरुमा सकरात्मक छाप परेको पाइन्छ । गौरादह क्षेत्रमा ऐतिहासिक रूपमा सम्पन्न हुन गइरहेको महोत्सवमा सहभागिता जनाउने

नेपल मानव धर्म सेवा समिति गौरादहको संयोजकत्वमा आयोजीत कार्यक्रम एतिहासीक तथा भव्य बनाउने तयारी छ । महोत्सवलाई भव्य र सफल बनाउन सबैको सहयोग चाहिएको महोत्सवकी संरक्षक गौमुखी बाइजीले बताइन् ।उनले भनिन्,’यस कार्यक्रममा गौरादहबासी लगायत सबै मानिसहरुको साथ चाहिन्छ । एउटा गुरु दरबार बनाउने सोच हो हामी सबैको, सबैको साथ सहयोगको महसुस गरेका छौ । तन-मन-धन सहयोग गर्न अनुरोध गर्दछु।’

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल समारोह समितिका अध्यक्ष डा. तिलक खनालले बताए ।अध्यक्ष डा. खनालले बाकी रहेका केहि कुराहरु आज बेलुकासम्ममा सबै सकिने बताए ।

सम्पूर्ण नेपली गौरादहबासी लगायत आशपासका बासीन्दाहरुलाई एक पटक आएर आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवको अवलोकन गरिदिन अध्यक्ष डा. खनालको अनुरोध छ । उनले भने,’ यसले हामीलाई नकरात्मक उर्जालाई सकारात्मक उर्जाले भर्ने हाम्रो अभियान हो र यसलाई सफल पारौ । सुसंस्कृत समाज बनाउने यसलाई अभियानका रुपमा अगाडि बढाइ रहेका छौ । यसलाई संस्कृतिक क्रान्ति, मनोक्रान्तिको एउटा बिगुल फुक्ने काममा सहभाति भएर सुसंस्कृत समाज बनाउने अभियानमा लागौ भन्ने अुरोध छ ।’

साथै महोत्सवको पूर्वसन्ध्यामा बृहत नगर सरसफाइ गरिएको छ । शनिबार बिहान ७ बजेदेखि गौरादह नगरमा सरसफाइ गरिएको हो ।

गौरादहका स्थानीय संघसंस्थाहरुलाई समेटेर बृहत नगर सरसफाइ गरिएको छ ।सरसफाइ कार्यक्रममा लायन्स क्लब, जेसेसी, उद्योग वाणिज्य संघ, पतञ्जली योग समिति लगायतका संस्थाहरु र मुल समारोहका सबै कमिटि भित्र रहेका संस्थाहरुको संलग्नता रहेको थियो ।