

बिज्ञापन



काठमाडाैँ । टोकियो ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा अन्तिम खेलमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

म्यान्मारमा जारी रहेको छनोट खेलमा यसअघिका दुवै खेलमा नेपाल र इन्डोनेसिया पराजित भएर बाहिरी सकेका छन् । नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ ।

छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो । नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।