
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले एकै संस्करणमा सर्वा्िधक स्वर्णको कीर्तिमान बनाएको छ । यही मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालले साग इतिहासमा पहिलोपटक ४१ स्वर्ण जितेको हो ।




नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वा्िधक ३१ स्वर्ण जितेको थियो। नेपालले राम्रो प्रदर्शन गरे पनि भारत भन्दा नेपाल अकंतालिकामा पछाडी नै छ। शुक्रबारसम्मको खेल सकिदाँ भारत ७४ स्वर्ण ५३ रजत र २३ कास्य गरी कुल १५० पदक जितेर शीर्ष स्थानमा छ।

यसैगरी नेपाल ४१ स्वर्ण २७ रजत ४४ कास्य सहित कुल ११२ पदक सहित भारतलाई पछ्याइ रहेको छ। त्यस्तै श्रीलंकाले २१ स्वर्ण, ३७ रजत र ६० कास्य सहित ११८ पदक हात पारेको छ। यसैगरी पाकिस्तानले १५ स्वर्ण २१ रजत र ३१ कास्य सहित ६७ पदक हात पारेको छ।
बंगलादेशले २ स्वर्ण १६ रजत र ५० कास्य जितेको छ। उसको पदक संख्या ६८ छ। माल्दिभ्सले १ स्वर्ण र २ कास्य गरी कुल ३ पदक जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ६ कास्य पदक हात पारेको छ।