मेस्सीको बार्सिलोनाको जर्सीमा ५ सयौँ जीत पूरा

कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतले लेगानेसमाथि ५–० को फराकिलो जीत निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

 

बिज्ञापन

शनिबार भ्यालेन्सियासँग अप्रत्यासित रुपमा पराजित भएको बार्सिलोनाले लेगानेसविरुद्ध सुधारिएको खेल प्रदर्शन गर्दै जीत निकाल्न सफल भएको हो ।बार्सिलोनाले खेलको चौथो मिनेटमा नै एन्टोनी ग्रिजमानको गोलमा अग्रता लिएको थियो । २७ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेटले बार्साको अग्रता दोब्बर बनाए ।

 

दोस्रो हाफमा मेस्सीले दुई गोल थपे भने अर्को गोल आर्थर मेलोले थपे । बार्सिलोनाका लागि मेस्सीको गोल सङ्ख्या ६ सय २३ पुगेको छ ।

 

योसँगै मैस्सीले बार्सिलोनाको जर्सीमा ५ सयौँ जीत पूरा गरेका छन् ।

 

बिहीबार भएको अन्य खेलमा सेभिया भने दोस्रो डिभिजन टोली मिरान्डेससँग ३–१ ले स्तब्ध बनेको छ ।क्वार्टरफाइनलमा बार्सासँगै मिरान्डेस, रियल म्याड्रिड, साबिक विजेता भ्यालेन्सिया, एथ्लेटिक बिल्बाओ, भिल्लेरियाल, ग्रानाडा, रियल सोसिडाडले प्रवेश पाएका छन् ।

 

बार्सिलोनाले किर्तिमानी ३० पटक यो प्रतियोगिता जितेको छ ।