
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्य पार्टीसँग एकताको प्रक्रिया अन्त्य गरेको छ । काठमाडौंको धुम्बाराहीमा शुक्रबारयता जारी केन्द्रीय समिति बैठकले एकता प्रक्रिया अघि नबढाउने निर्णय गरेको पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।




‘अब महाधिवेशनमा जाने कुरा भयो’, उनले भने, ‘त्यसैले अहिलेलाई पार्टी एकताका सबै प्रक्रिया समाप्त गरियो ।’राप्रपाले पशुपति शमशेर राणा र डा. प्रकाशचन्द लोहनीले नेतृत्व गरेको पार्टीलगायत अन्य प्रजातान्त्रिक पार्टीसँग एकता गर्ने प्रयास गरेको थियो ।उनका अनुसार महाधिवेशनको तयारीमा लाग्ने र यसका लागि वडा, गाउँ, नगर, जिल्ला, क्षेत्रीय कमिटी बनाएर अघि बढने निर्णय भएको छ ।

यसैगरी, राप्रपाले चलाएको स्वाभिमान यात्राको तेस्रो, चौथो चरण माघ र फागुनमा सम्पन्न गरिने प्रवक्ता श्रेष्ठले बताए ।
स्थापनाको तीन दशक नपुग्दै राप्रपा ५ पटकभन्दा बढी विभाजित भएको छ । बेलाबेला एकताको प्रक्रिया अघि बढाइए पनि त्यो सार्थक बन्न सकेको छैन ।