अज्ञात समूहद्वारा भारतको दिल्लीमा रहेको  एक विश्वविद्यालयमा  गोली प्रहार

याँदिल्ली : भारतको एक विश्वविद्यालयमा अज्ञात समूहले गोली प्रहार गरेको छ । हिजो (आइतबार) राति करिब १२ भारतको दिल्लीमा रहेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयको बाहिरी क्षेत्रमा रातो स्कुटरमा आएका अज्ञात समूहले गोली चलाएका हुन् ।

 

बिज्ञापन

समाचार संस्था एएनआईका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो ।

 

जामियाका छात्र जोएब अहमदयोका अनुसार कम्तिमा दुई राउण्ड गोली प्रहार भएको थियो ।

 

जामिया समन्वय समितिका अल अमीन कबीरका अनुसार गेट नम्बर पाँच र सातको बीचमा गोली प्रहार भएको हो । दुई अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

 

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारी रातो स्कूटरमा आएका थिए । यो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।