
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबार संग्रहालयमा कुनै होटल नबन्ने बताएका छन् ।

बिज्ञापन



प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा नारायणहिटी संग्रहालयलाई होटल बनाउने कुरा सुनिएको भन्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जिज्ञासामा त्यहाँ कुनै होटल नबन्ने भट्टराईले स्पष्ट पारेका हुन्। उनले भने, ‘नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन्। कफीसपसम्म हुन सक्छ। त्यसलाई होटल भन्न नमिल्ला। नारायणहिटी संग्रहालय सोही मान्यताअनुसार चल्छ।’

नारायणहिटीमा होटल वा रिसोर्ट केही नबन्ने भट्टराईको भनाइ थियो। उनले पत्रकारहरूले गलत समाचार लेखेर त्यस्तो चर्चा गलेको सुनाए। उनले भने, ‘कहिलेकाहीँ पत्रकारहरूले गलत सुइँको पाएर लेख्नुहुन्छ तर त्यस्तो होइन।’