कोरोनाभाइरसलाई अमेरिकाले ‘चिनियाँ भाइरस’भन्दा चीन आक्रोशित

काठमाडौं : चीन सरकार यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन सरकार आक्रोशित भएको हो ।

 

बिज्ञापन

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

 

गत ३१ डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक कोरोनाभाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ । करिब तीन महिनाको हाराहारीमा करिब साढे सात हजार मानिसहरुले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

 

गत हप्ता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले वुहानमा कोरोनाभाइरस ल्याएको आरोप लगाएका थिए । यो आरोप आधारहिन भएको भन्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले अरुलाई दोष नलगाउन चीनलाई चेतावनी दिएका थिए ।

 

सैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्वीटमार्फत कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’का नामले चिनाएका थिए ।

 

यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिझिलयान झाओले भने–‘हामी अमेरिकालाई गल्ती सुधार्न र चीनविरुद्धको आधारहीन आरोपहरू रोक्न आग्रह गर्दछौँ ।’