ह्वाइट हाउसका कर्मचारीलाई कोरोना संक्रमण

एजेन्सी : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ ।

 

अमेरिकामा हालसम्म कोरोनाका कारण २ सय ७५ जनाको मृत्यु भएको छ भने १९ हजार ७ सय ७३ जनामा कोरोनाको संक्रमण भएको छ ।