चीनको राजदूतमा पाण्डे सर्वसम्मत

काठमाडौं : संसदीय सुनुवाइ समितिले चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे अनुमोदन गरेको छ। सोमबार भएको सुनुवाइपछि समितिको सर्वसम्मतिबाट पाण्डे राजदूतमा अनुमोदित भएका हुन्।

 

बिज्ञापन

समितिमा पाण्डेविरूद्ध कुनै उजुरी परेको थिएन। सिंहदरबारमा भएको सुनुवाइमा पाण्डेले आफूले मुलुकको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यान दिएर काम गर्ने बताए।

 

‘मैले परराष्ट्र मन्त्री भएका बेला फरक/फरक मुलुकका राजदूतको फरक फरक कार्यक्षेत्र बनाएको थिएँ। चीनमा गएर मैले त्यसैअनुसार काम गर्छुु, पाण्डेले भने, ‘चीनसँग हामीले उच्चस्तरीय भ्रमण, साझा संयन्त्र निर्माण, द्विपक्षीय सम्झौता र थप सहायता जुटाउने गरी काम गर्नुपर्छ।’

 

उनले पराराष्ट्र नीति कुनै पार्टीको हुन नहुने मत आफ्नो रहेको बताए। ‘म परराष्ट्र नीति स्थायी नीति हुनुपर्छ भन्ने मान्यता राख्छु’पाण्डेले भने।

 

सांसदहरूले सनुवाइका क्रममा पाण्डेसँग भारत र चीनबीच लिपुलेकका विषयमा नेपाललाई बाइपास गरेर सम्झौता भएको विषयमा प्रश्न गरेका थिए। पाण्डेले आफूले नै मन्त्री भएका बेला सम्झौताको विषयमा दुई मुलुकलाई पत्राचार गरेको बताए।

 

‘लिपुलेक नेपालको हो भनेर चीन र भारतलाई द्विपक्षीय सहमति पछि पत्राचार मैले नै गरेको होु, पाण्डेले भने, ‘छलफल गर्न सकिन्छ भनेर चीनले जवाफ पठाएको थियो। तर भारतले कुनै जवाफ दिएन। मेरो यो विषमा अवश्य नै कन्सर्न रहन्छ।’

 

पाण्डेलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन्।