

माध्यमिक शिक्षा परीक्षा (एसईई) को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेको छ ।



बोर्ड बैठकले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बिहीबार सञ्चालन भएको एसईई परीक्षा गरी घटनाको छानविन गर्न समिति गठन गरेको हो ।बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्।

समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । आज रद्द भएको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको छ । बुधबार राति आउट भएको प्रश्नपत्र केही निजी विद्यालयका शिक्षकले एकअर्कोबीच साटेर विद्यार्थीलाई समेत वितरण समेत गरेका थिए ।
केहि दिनअघि परीक्षामा मोबाईलको प्रयोग गरी म्यासेन्जर, भाइबरमार्फत् चिट चोर्ने, चोराउने ५ शिक्षक र ६ विद्यार्थीलाई पनि नियन्त्रणमा लिइएको थियो ।