
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरु आउँदा महिनाहरुमा हटाउन गभर्नरहरुलाई निर्देशन दिएका छन् ।
कोभिड–१९अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति ट्रम्पले यस्तो निर्देशन दिएका हुन् ।
ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलका क्रममा ट्रम्पले गभर्नरहरुलाई आवश्यकता अनुसार आ–आफ्नो राज्यमा कदमहरु चाल्न अनुमति दिने बताएका हुन् ।
उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरुमा त्यो प्रक्रिया छिट्टै शुरु हुने बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्यो भन्दा पहिला नै आफ्ना राज्यहरुमा प्रतिबन्ध हटाउन सक्ने थिए ।
यता ट्रम्पले केही राज्यहरु यही महिना खुल्नसक्ने पनि बताएका छन् ।
‘अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरु खुल्न चाहन्छन्’ बिहीबार पत्रकारहरुलाई जानकारी दिने क्रममा राष्ट्रपति ट्रम्ले भने–‘देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन् ।’
साथै उनले लकडाउन लम्बिदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको समेत बताए ।