
काठमाडौं : कोरोना संक्रमणबाट बच्न नेपालका फार्मासिस्टले फर्मासिस्ट तथा फार्मेसी सहायकका लागि निर्देशिका बनाएको छ। फार्मासिस्ट अगुवाहरुले तयार गरेको निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई बुझाएको जनाइएको छ।

बिज्ञापन



नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी परिषद, नेपाल फार्मेसी संघ, हस्पिटल फर्मासिस्ट एसोसिएन नेपाल र काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागको संयुक्त पहलमा फार्मेसी जनशक्तिलाई हुने कोरोनाको जोखिम न्यूनीकरणका लागि निर्देशिका बनाएको हो।

उक्त निर्देशिकामा फार्मेसी जनशक्तिले अपनाउनुपर्ने सतर्कता, सुरक्षाका विषय, कोरोनाबाट कसरी बच्ने, लक्षण लगायतका विषय उल्लेख गरिएको छ।