
भारतले चीनसँग मगाएका पाँच लाख टेस्ट्रि किट नल्याउने बताएको छ । टेस्टिङ किटमा समस्या देखिएको भन्दै भारतले अर्डर रद्द गरेको हो ।
भारतको केन्द्र सरकारले राज्य सरकारलाई पठाएका टेस्टिङ किट समेत फिर्ता मगाएको छ । यी किटबाट संक्रमितको रगतको एन्डीबढी पत्ता लगाइन्छ ।
र्यापिड टेस्टिङ किटबाट रिपोर्ट आउन ३० मिनेट लाग्छ । यसबाट कुनै खास इलाकामा संक्रमण पत्ता लगाउन सहयोग पुग्छ । र्यापिड टेस्टिङ किटबाट कोरोना भाइरसको परीक्षण हुन नसक्ने भन्दै केही वैज्ञानिकले यसको प्रयोगमा प्रश्न उठाउँदै आएका छन् ।
चीनले भने भारतको दाबी खारेज गरिदिएको छ । चिनियाँ दुतावासका प्रवक्ता जे रोङले भनेका छन्, ‘चीनबाट निर्यात गरिने चिकित्सा उत्पादनको गुणस्तरमा ध्यान दिइएको छ । केही व्यक्तिले चिनियाँ उत्पादनलाई दोषपूर्ण बताउनु अनुचित र पूर्वाग्रहपूर्वक हेर्ने गैरजिम्मेवार दृष्टिकोण हो ।’
भारतका केही राज्यले र्यापिङ टेस्टिङ किटको प्रयोगपछि परिणामको विश्वसनियता पाँच प्रतिशत मात्रै रहेको भन्दै प्रश्न उठाएका थिए ।
राज्यले यी परीक्षण किटमा पहिले देखि नै कोरोना संक्रमित गरिएकामा पनि नेगेटिभ रिपोर्ट देखाएको थियो । यसपछि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को क्वालिटी चेकमा परीक्षण किट फेल भएको थियो ।