
झापा — झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दमक ५ स्थित पुरानो पाथिभरा एफएम छेउमा भएको सवारी दुर्घटनामा परि दमक १ बस्ने १६ बर्षका सोभित दर्जीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ५५२४ नम्बरको ट्रिपरले साईकल यात्री सोभितलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिए । ठक्कर दिने ट्रिपर र ट्रिपरका चालक मकवानपुरको चुरियामाई गाउँपालिका ७ घर भई हाल दमक ५ मा बस्दै आएका बर्ष ५१ का केदार पुलामीलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शब पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ ।