वार्ताबाट समाधान खोज्ने हो, नेपाल दवाबबाट झुक्दैन – कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल भारतको दबाबबाट नझुक्ने बताएका छन् ।

 

बिज्ञापन

अध्यक्ष थापाले सन्धि विपरित भारतले नेपाली भूमि अतिक्रमण गरेर भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तार गर्दै आएको बताएका छन् ।

 

उनले वार्ताबाट समाधान खोज्ने सहमति विपरित अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटो बनाउने र नयाँ नक्शा काम भारतले गरेको बताए ।

 

उनले भनेका छन्, ‘सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’ गर्दै आएको हो । वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो । नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन ।’