
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान संशोधन बहुमतबाट नभइ सर्वसहमतिबाट गरिनुपर्ने बताएका छन्।
मंगलबार साँझ बालुवाटारमा भएको सर्वदलीय बैठकमा उनले ‘भौगोलिक अखण्डता र सीमारक्षाको विषयमा दलहरूबीच कुनै मतभिन्नता नरहेको तर संशोधन सर्वसम्मतिबाट हुनुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका हुन्।
जनता समाजवादी पार्टीका नेता भट्टराईले भारतसँग वार्तामा आफ्नो हातमाथि पार्न संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका हुन्। ‘त्यसनिम्ति संविधान जारी हुने बेलादेखि नै असहमति राख्दै आएका मधेसी,थारू,आदिवासी जनजाति लगायत सबैको विश्वास जित्नुपर्छ।
रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउनुपर्छ,’ बैठकपछि भट्टराईले फेसबुकमा लेखेका छन्। उनले संविधान संशोधनलाई सर्वसम्मतिबाट पारित गर्न सबै इच्छुक र तत्पर हुनुपर्ने बताएका छन्।