
काठमाडौं : नेपालको सन्दर्शमा भारतीय कूटनीतिज्ञको बोली र व्यवहार ठिक नभएको भारतीय जनता पार्टीका सांसदले बताएका छन् ।




पूर्व मन्त्री समेत रहेका भाजपाका सांसद सुब्रमण्यम स्वामीले नेपालसँग कुरा गर्दा आफ्ना कूटनीतिज्ञलाई मीठो बोल्नका लागि भन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई सो सुझाव दिएका हुन् ।
यदि नेपालीहरु अलग्गै महसुस गरिरहेका छन् भने त्यसलाई चिनेर भारतले काँध फराकिलो पारी नेपालीको भावना शान्त पार्न समेत सुझाव दिएका छन् ।
सांसद स्वामीले नेपालसँग रगतको नाता भएको पनि उल्लेख गरेका छन ।
पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ ।
२०१९ को नोभेम्बर तीनमा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चुलिएको थियो ।
नेपालले भारतलाई वार्ताका लागि पटक–पटक आग्रह गर्दा पनि जवाफ नफर्काई उल्टै लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको छ । र, त्यसपछि नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ ।