
अर्जुन ज्ञवाली/पेशल निरौला
सीआईएको आँखा अब एशियातर्फ
सन् नब्बेको दशकको अन्तिमतिर नेपालमा सशस्त्र द्वन्द्व गराईयो । १७ हजार नेपालीको रगतको खोला बग्दा समेत नेपालीलाई पत्तो थिएन कि नेपालमा के भैरहेको छ । तर यो घटनाको सम्भावना र नेपालको सशस्त्र द्वन्द्वको सूत्रपात विसं २०५२ भन्दा एक दशक अघिदेखि सीआईएले योजना बुन्दै गरेको तथ्य आफ्नो लेख – CIA against Asia (भारत चीन विरुद्ध गोप्य कारवाही) मा रुस्तेम गलीउल्लिन (Rustem Galiullin) ले लेखिसकेका छन् । यसको हिन्दी अनुवाद सन् १९८८ मै उपलब्ध भइसकेको थियो । तत्कालीन सोभियत संघमा मुद्रित यस पुस्तकको नेपालबारे लेख सोभियत संघ टुक्रिनु भन्दा धेरै अघिको हो । यस पुस्तकको पृष्ठ संख्या १०८ को पहिलो हरफमा यस्तो उल्लेख छ :

“१९६० तक यहाँ साफ हो गया कि पूर्वी तिब्बत मे प्रतिरोध आन्दोलन संगठित करने मे सभी अमेरिकी प्रयास बेकार है । तब तय किया गया कि कई हजार आदमियों की एक फौज तैयार की जाय, जो नेपाल से पश्चिम तिब्बत मे हमला किया करेगी । इसके लिए अड्डा मुस्ताङ घाँटीको बनाया गया, जहाँ तिब्बती मुल के लोग रहते है जो २७००० फीट उचे अन्नपूर्ण तथा धवलागिरी पर्वतकी श्रृंखलाद्वारा विश्व से कटी हुइ है । खंपा टुकडियो का कमाण्डर एक निरक्षर लेकिन बहुत ही चतुर और निर्मम, भूतपूर्व भिक्षु बाबा वेशीको बनाया गया ।



सारी कारवाहीको अत्यन्त गुप्त रखा गया । जब तक कि काठमाडौं मे कुछ सीआईए एजेन्ट ट्रासमिटरो के साथ पकड लिये गये । नेपाली अधिकारीयो को उनके अस्तित्वके बारेमे कोई पता नचला सका । इसके बाद नेपाली अधिकारियो ने एक और सीआईए कर्मचारी राँकी स्टोनका पर्दाफाश किया, जो स्थानीय एजेंटो को हथियार और पैसा मुहैया करता था । लैग्लीने उसे तुरंत ही काठमाडौं से हटा लिया पर इस मामलेमे बदनाम होने से फिर भी न बचा जा सका । नेपाल सरकारने राँकी स्टोनके लिए आडका काम करनेवाले अन्तराष्ट्रिय अभिकरण, (एजेन्सी फर इंटरनेशनल डेवलपमेंट) को बँद किये जानेकी माग की, जिसका नेपालमे अपना हवाई अड्डा और हवाई जहाज थे । अमेरिका के लिए रणनीतिक दृष्टिसे महत्वपूर्ण इस भूभागमे बार–बार भयंकर गलतियां होती देखकर वाशिंटन ने शान्ति सेना (पीस कोर) के इस्तेमाल पर जोर देनेका पैmसला किया । शान्ति सेनाके पहले १०० आदमियोका दल नेपालमे १९६४……..”

उक्त हरफबाट पत्ता लाग्छ कि नेपालमा दशवर्षे सशस्त्र द्वन्द्व भन्दा निकै अघि देखि रणनीतिक योजना वाशिङटनबाट तय भइसकेको थियो । विसं २०५२ सालको सेरोफेरोमा भारतमा काँग्रेस आईको इटाली मूलकी सोनिया गान्धीको राज चलेकै अवस्थामा नेपाललाई अफगानिस्तानीकरण गर्नु, पश्चिमा इशारामा चल्नु स्वाभाविक थियो । नेपाल हिन्दू राज्य हुनुबाट वञ्चित गराई धर्म निरपेक्ष अर्थात् अर्ध–इसाई राज्यको रुपमा परिणत गर्ने खेल दशकौं अथवा भनौं क्यापूचिनको प्रथम नेपाल प्रवेशसँगै शताब्दीऔंको प्रयासका कारण अन्ततः सफल भयो । भारतमा हिन्दुवादी शक्ति विजेपी र प्रभावशाली नेता नरेन्द्र मोदी हुँदा पनि नेपाल र हिन्दूत्वको पक्षमा केही हुन सकेन किनकी भारतको कर्मचारीतन्त्र रअ, सिआई., ईष्ट इण्डिया कम्पनीको अवशेष आदि सबै पश्चिमा साम्राज्यवादी शैलीको पकड, प्रभावमा थियो । आखिर भारतको राजनीति र संविधानमा पनि उही औपनिवेशिक एवं अँगे्रज बफादारिताको अवशेष छँदै थियो । नेपाललाई शत्रु मान्ने तर अमेरिका, युरोपलाई मालिक मान्ने मानसिकताबाट भारत मुक्त भै नसकेको हुँदा अन्ततः पाश्चात्य साम्राज्यवादी अभियानलाई नेपालमा परोक्ष र प्रत्यक्ष ढंगले साथ मिल्यो । विरासत टुक्रिदै, गुम्दै गयो । हिन्दू नेपालीहरु झनै पीडित हुँदै गए ।
माथि उल्लेखित प्रसङ्ग बुझ्न वर्षौदेखि एशिया अध्ययन गरिरहेका CIA गुप्तचर अफिसर जन केनेथ -John Kenneth Knaus) द्वारा लिखित पुस्तक Orphans of the Cold War (America and the Tibetan Struggle for Survival) नामक एशियामा प्रतिबन्धित ग्रन्थले पनि थप पुष्टि गर्दछ ।
उक्त पुस्तकको प्रथम पृष्ठको अन्तिम हरफ यहाँ उदृत गरिन्छ :
अध्याय एकको शिर्षक – Mission to Shangri-La
Central Intelligence Agency (CIA) had been anxiously awaiting. Two young Tibetans had tapped it out on a portable radio of the type issued to agents during World War II. Its power cranked by hand. They were on a sand dune in the Brahmaputra River sixty miles south of Tibetan Capital. The senders were only a few miles from the spot where a V.S. Air Force B-24, Liberator had crashed fourteen years before lost flying over “The hump” of the Himalayas while transporting supplies to the allied forces in China. Its American crew had been forced to parachute into Tibet, but the American trained Tibetans dropped from the second plane were on a guerilla mission to support their countrymen’s resistance against the Chinese. The cold was had come to one of the world’s remote country (Nepal). Pg.1-2
जन केनेथको कथनले हिमाली भूभाग नेपालमा शीतयुद्धले प्रवेश पाएको (जसले तेस्रो विश्व युद्धको) संकेत दिन्छ । तिब्बती जनता अमेरिकी सीआईए एजेन्टद्वारा प्रशिक्षित भई काम गरिरहेको प्रमाण उक्त हरफले उजागर गर्दछ । चीन विरोधी खम्पा गुरिल्लालाई दक्षिण अमेरिकाको गोप्य स्थलमा तालिम दिएर हवाईजहाजबाट नेपालको मुस्ताङ र तिब्बतमा पाराश्युटबाट खसालिन्थे । हतियार पनि यसरी नै खसालिन्थे । यो प्रकृया अव्यवहारिक, कमजोर र महँगो हुनाले सम्पूर्ण नेपाली जनतालाई तिब्बतीे मुक्ति संघर्षको मूल प्रवाहमा जोड्न भारतको भूमिलाई तालिम केन्द्र बनाएर नेपालमा माओवादी विद्रोह मार्पmत चीन विरुद्धको सैन्य हमलाको तैयारी र हिन्दु राजाको सट्टा दलाई लामाको कार्यालय नेपालमा स्थापना गर्न नेपालमा जातीय राजनीतिको षड्यन्त्र यस प्रकार उदय भएको थियो ।
The Nepalese government made little effort to exercise any control beyond posting a small cantonment of miserable soldiers at Jomsom. (Pg-238)
By the early autumn Gyen Yeshe was overwhelmed with more than 2,000 recruits ready to fight but in need of food and arms. The CIA thus found itself stuck with a sizable problem and no ready solution. What was supposed to have been a covert operation was now an open secret throughout the Himalayas. The plan calling for a series of carefully contained movements on a tightly controlled schedule was irrelevant. (Pg-242)
(प्रकाशोन्मुख पुस्तक ‘बाइबल र माओवाद’को पाँचौ संस्करणबाट)