मेस्सीलाई उछिन्दै टेनिस स्टार फेडेरर सर्वाधिक आम्दानी गर्ने खेलाडी बने

एजेन्सी : टेनिस स्टार रोजर फेडेरर विश्वका सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सुचि अनुसार फुटबलका लियोनल मेस्सीलाई समेत पछाडी पार्दै फेडेरर पहिलो पटक सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

 

बिज्ञापन

फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गरेका थिए। उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे ।

 

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सुचिमा रहे ।