
गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ ।

बिज्ञापन



नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।

जसअनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पाल्पा सरुवा भएका छन् भने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई काजमा गृहमन्त्रालय ल्याइएको छ ।
यस्तै राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थाप प्राधिकरणका रहेका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चन्द्रौटा खटाइएको छ भने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।