उपाधि होडमा रहेको सेभिल्ला पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा जारी सिजन उपाधि होडमा रहेको सेभिल्ला पराजित भएको छ ।

मंगलबार बिहान सम्पन्न भएको खेलमा सेभिल्ला घरेलु मैदानमा पाहुना टोल एथ्लेटिक बिल्बाओ सँग १-० ले स्तब्ध बनेको हो ।बिल्बाओलाई जित दिलाउन इनाकी विलियम्सले निर्णायक गोल गरे ।

निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै खेलको ९० औं मिनेटमा विलियम्सले गोल गरि सेभिल्लामाथि १-० गोलको जित पक्का गरे ।

घरेलु टोलि सेभिल्ला पराजित भए सँगै उपाधि होडमा ठूलो धक्का लागेको छ । जारी सिजन कुल ३४ खेलबाट ७० अंक बनाएको सेभिल्ला चौथो स्थानमा रहेको छ । भने शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७६ , दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको समान ७४ अंक रहेको छ । यदि आज बिहान सम्पन्न खेलमा सेभिल्ला विजयी भएको भए उसले दोस्रो र तेस्रो स्थानको टोलीसँग अंक दूरी १ मा छोट्याउने थियो । सेभिल्ला पराजित भए सँगै रियल र बार्सिलोनालाई फाइदा पुगेको छ ।

उक्त जितसँगै पाहुना टोलि बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । उसको ३४ खेलमा ४५ अंक जोडेको छ ।