बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

काठमाण्डाै – बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेकाे आफ्नै घरमा आत्महत्या गरेका छन् ।

उनले आत्महत्या गर्नुकाे कारण खुलिसकेकाे छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई याे कुराकाे जानकारी दिएका हुन् ।

बिज्ञापन

टीभीबाट आफ्नाे करियर सुरु गरेका सुशान्तले पछिल्लाे केही वर्षमा ठूलाे पर्दामा काम गरेका थिए ।