
दमक। झापाको दमकबाट आज ६० जनाको स्वाव संकलन गरिएको छ । ५० जनाको मात्र स्वाव संकलन गरिने भनिएपनि होम क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको समेत स्वाव संकलन गरिएको नगरपालिकका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनु भयो ।
वहाँका अनुसार ३७ जना पुरुष र २३ जना महिलाको स्वाव संकलन गरिएको छ । दमकको मानसरोबर क्वारेन्टाइनका ३० पुरुष, होम क्वारेन्टाइनका ६ पुरुष, आम्दा अस्पतालको आइसोलेशनमा रहेका एक पुरुषको स्वाव संकलन गरिएको हो ।
त्यस्तै मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका २२ महिलाको पनि स्वाव संकलन गरिएको छ भने एक जना होम क्वारेन्टाइनमा रहेकी महिलाको पनि स्वाव संकलन गरिएको सदस्य सचिव भट्टराईले जानकारी दिनु भयो ।
सबै स्वाव परीक्षणको लागि विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाउने पनि वहाँले जानकारी दिनु भएको छ । एउटा बेवारिसे सवको पनि टेष्ट गर्न पठाउने कि के गर्ने भन्ने बारे यकिन भैनसकेको पनि वहाँले जानकारी दिनु भयो ।