ओली र दाहालबीच आज भएको छलफल सकियो, भोली फेरी बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफल सकिएको छ ।

आफ्ना पक्षमा दुईरदुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ। आजको छलफलबारे विस्तृत विवरण आउन बाँकी छ ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनी निकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

यस्तै प्रचण्डसँग ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए ।

नेकपाको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको छ । उक्त बैठक हुनुअघि ओली-प्रचण्डबीच फेरि वार्ता हुनेछ।