लिग उपाधिबाट रियल मात्र दुई जीत टाढा

आलाभेसमाथि जीत हासिल हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधिबाट मात्र दुई जीत टाढा पुगेको छ ।

खेलको ११ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीबाट रियललाई अग्रता दिलाएका थिए । जिमो नाभारोले फर्लान्ड मेन्डीलाई फल हानेपछि रियलले पेनाल्टी पाएको थियो ।

बिज्ञापन

दोस्रो गोलका लागि बेन्जेमाले मार्को असेन्सियोका लागि अवसर सृजना गरे । गोललाई सुरुमा अफसाइड करार गरिए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले निर्णय उल्टाउँदै त्यसलाई गोल करार गरेको थियो ।

तीन खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको बार्सिलोना रियलभन्दा ४ अंकले पछि परेको छ । शनिबार भालाडोलिडसँग बार्सा पराजित भए, सोमबार ग्रानाडालाई हराउँदै रियलले उपाधि जित्नेछ ।

यदी रियल म्याड्रिडले उपाधि जिते सन् २०१६–१७ सिजनपछि पहिलो लिग उपाधि हुनेछ ।

अन्य खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।