
नेपाली क्रिकेट टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछानेले आसन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल) पनि खेल्ने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय उडान १ भदौसम्म बन्द भएका कारण उनले सीपीएल अन्याेल थियो । तर, चार्टर्ड उडानको व्यवस्था भएपछि सन्दीपले यो संस्करणकाे सीपीएल पनि खेल्ने निश्चित भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
बिज्ञापन



उनका अनुसार सन्दीप बिहीबार अमेरिका हुँदै वेष्ट इन्डिज जानेछन् । यो सिजनको सीपीएल १८ अगस्टबाट सुरु हुँदै छ । सन्दीपले आसन्न सीपीएलमा जमैका तलावाजबाट खेल्दै छन् ।

उनीआवद्ध टिमको पहिलो खेल १९ अगस्टमा हुनेछ । सन्दीप लगातार तेस्रो पटक सीपीएल खेल्दै छन् ।