नेपाललाई चीनले उच्च महत्व दिएको छ : राष्ट्रपति सी

काठमाडौं : चीनले नेपाललाई उच्च महत्व दिएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्। ६५ औँ नेपाल–चीन कुटनीतिक सम्बन्धको वर्षगाँठको अवसरमा राष्ट्रपति सीले विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न तत्पर रहेको बताएका हुन्।

शुभकामना तथा बधाई सन्देशमा उनले राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न चाहेको बताएका छन्। त्यसले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास सीले लिएका छन्।

चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार राष्ट्रपति सीले क्षेत्रीय स्थिरता र विकासमा सकारात्मक योगदान पुर्‍याउन समकक्षी भण्डारीसँग काम गर्न आफू तयार रहेको पनि बताएका छन्। यसले दुई देशका नागरिकलाई धेरै फाइदा दिने उनले बताएका छन्।

उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताएका छन्।