गोंगबुमा एक पुरुषको हत्या, सुटकेसभित्र टाउको नभएको अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडाैंको गोंगबु बसपार्कनजिक एक पुरुषको हत्या गरी अलपत्र अबस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार बसपार्कको ३ सय मिटर नजिक सुटकेसभित्र टाउको नभएको अवस्थामा विहान शव फेला परेको हो ।

शवको टाउको नभएको र विभत्स तरिकाले हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले प्रहरीले जनाएको छ । हत्या हुनेको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।