सन्दीप आवद्ध टिम जमैका तलाबाज सेमिफाइनलमा प्रवेश

एजेन्सी-सन्दीप लामिछाने आवद्ध टिम जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्बाडोस ट्राइडेन्स गुएना एमेजोन वारिवर्ससँग पराजित भएपछि जमैका सेमिफाइनलमा पुगेको हो ।

बिज्ञापन

प्रतियोगितामा जमैकाले २ खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो । बर्बाडोस र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियट्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

जमैका ८ खेलमा ३ जित सहित ६ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

सेमिफाइनल खेल भने सेप्टेम्बर ८ बाट हुनेछ । लिग चरणमा शीर्ष हुने टिमले सेमिफाइनलमा तालिकाको चौथो हुने टिमसँग खेल्ने छ ।

यस्तै दोस्रो सेमिफाइनलमा तालिकाको दोस्रो र तेस्रो स्थान बनाउने टिम प्रतिस्पर्धा गर्ने छन् ।