
आईपीएल- साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जीत हात पारेको छ ।
गएराति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जीत निकालेको हो ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे भने कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा गए भने आन्द्रे रसेल ११ रनमा नै पभेलियन फर्किए ।
मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, राहुल र जस्प्रित बुम्राहले २÷२ विकेट तथा किरोन पोलार्डले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । उनले आईपीएलमा २ सय सय छक्का प्रहार गरेका छन् ।
यस्तै सूर्यकुमार यादबले ४७, सौरभ तिवारीले २१ र हार्दिक पाण्ड्याले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ तथा सुनिल नारिन र आन्द्रे रसेलले १–१ विकेट हात पारे ।
जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकत्ताले सिजनको पहिलो खेलमा हार भोगेको छ ।