
गौरादह। झापाको गौरादहमा सोमबार आफ्नै घरमा रहस्यमय ढंगले हत्या गरिएकी ६५ वर्षीया पार्वता भनिने मनमाया भण्डारीको हत्यारा पत्ता लगाउन प्रहरीले अनुशन्धानलाई थप बढाएको छ । घरमा लुगा धोएर सुकाएका चिसो अवस्थामा लुगा पनि भेटेपछि घटना थप रहस्यमय बनेको छ । घटनाको विषयमा अहिले प्रहरीले मृतकको श्रीमानसँग सोधपुछ गरिरहेको प्रहरी श्रोतले बताएको छ । श्रोतका अनुसार प्रहरी हत्यारा नजिक पुगेको छ ।

सोमबार दिउँसो हत्या गरिएकी भण्डारीको शव पछाडी हात बाँधेर खाटमुनी राखिएको अबस्थामा भेटिएको थियो । गौरादह नगरपालिका वडा नम्बर १ स्थित गौरादह बजारबाट करिब २ सय मिटर पुर्व ति महिलालाई आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको थियो । श्रीमान भीम भण्डारीसँग विहान ११ वजेतिर कमल गाउँपालिका १ ढ्यांग्रीको घरबाट त्यहा आएको र श्रीमान अन्यत्रै गएको अबस्थामा हत्या भएको भनि प्रहरीमा खबर भएको थियो । श्रीमान दिउँसो साँढे ४ बजेतिर आएपछि घटना बाहिर आएको थियो ।



त्सपछि प्रहरीलाई जानकारी गराइएको थियो । मृतकको टाउकोमा पनि चोट लागेको र रगत लतपतिएको अबस्थामा देखिएको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहाले बताउनु भयो । घटनाको प्रकृति हेरेपछि प्रहरीले अनुसन्धानका लागि धरानबाट लैला नामको कुकुर झिकाएको थियो । राति ८ बजेर ११ मिनेटबाट कुकुरले अनुशन्धान शुरु गरेको थियो ।

घटना स्थलबाट करिब २ किलोमिटर पुर्व किस्नी खोलाको पुल सम्म लैला पुगेपनि त्यसपछि अलमलिएपछि लैलालाई इलाका प्रहरी कार्यालय दमकको गाडीमा हालेर फर्काइएको थियो । त्यसपछि सबलाई पोष्टमार्टमका लगि राती ११ बजेतिर धरान स्थित वीपी कोईराला स्मृति प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ । सवाल नेपाल बाट साभार