बिपन्न परिबारलाइ राहत बितरण कार्यक्रम सम्पन्न

झापा : KJGF र आशा का कोपिला नामक संस्थाले झापाको गौरादह वार्ड न. ५,६,७ का बिपन्न परिबारलाइ राहत बितरण गरेको छ ।

 

पहिलो चरणमा सन २०७७ असार ८ मा ४०० घरपरिवारलाइ र दोश्रो चरणमा २०७७ असोज १२ का दिन २०० परिवारलाई २५ किलो चामल , ३ किलो दाल, १ किलो चिनि , १ किलो नुन , १ लिटर तेल र हात धुने साबुन बितरण गरेको हो ।

 

कोरोना भाइरसका कारण बिपन्र परिवारलाइ परेको असरलाइ मध्यनजर गर्दै राहत बितरण गरेको सस्थाका सचिबले जानकारी दिए । राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि कपिलमणि काफ्ले, बिधालय ब्यवस्थापन समिति अध्यक्ष दुर्गा थापा , बिधालयका प्र.अ. तेज बहदुर प्रसाइ , भद्रकालि मा.बि.का प्र अ रेवलाल श्रेष्ठ , जनज्योति प्राबिका प्र अ नेत्र खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रमको संयोजक केपी सिटौला को सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सह संयोजक लक्ष्मी बज्राचार्य , कोषाध्यक्ष मन्जना पुन्यवति सिटौला , सचिब सुरेन्द्र खरेल को उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षक याम कु. श्रेष्ठ ले गरेका थिए ।

 

उक्त संस्थाले विभिन्न आठवटा विद्यालयका १५० जना विद्यार्थी हरुलाई मासिक रु १०००/- का दरले कक्षा १ देखि १२ सम्मका विद्यार्थी हरुलाई पनि हाल छत्रवृती उपलब्ध गराउदै अाएकाे छ ।उक्त संस्थाले बिद्यालयहरुमा शैक्षिक सामाग्री कम्प्युटर ह्वाईट बाेर्ड लगायत विद्यार्थी हरुलाई साईकलहरु पनि वितरण गरेकाे थियाे